बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अवरोधकाबीच प्रतिनिधिसभाबाट २ विधेयक पारित

बिहीबार, ०७ असोज २०७८, १५ : २७
बिहीबार, ०७ असोज २०७८

नेकपा एमालेको अवरोधकाबीच प्रतिनिधिसभाबाट अर्थसम्बन्धी २ विधेयक पारित भएको छ । बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । यी दुवै विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले सभामा निर्णयार्थ प्रस्तुत गर्दा बहुमत सदस्यले स्वीकृत गरेसँगै प्रतिनिधिसभाबाट पारित भएको छ । 

साथै प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सो सभामा उत्पति भएको विनियोजन विधेयक २०७८ राष्ट्रियसभाबाट पारित भई फिर्ता आएको सन्देश सुनाएका छन् ।  प्रतिनिधिसभाको बैठक असोज ११ गते सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप