आइपुगे 'बुम–बुम' अफ्रिदी !
बिहीबार, ०७ असोज २०७८, १६ : ३१
एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगितामा भाग लिन पाकिस्तानी क्रिकेट स्टार शाहीद अफ्रिदी काठमाडौँ आइपुगेका छन् । अफ्रिदीले काठमाडौँ किङ्ग्स इलेभेनका तर्फबाट खेल्ने छन् ।
यसअघि शाहिद अफ्रिदीले काठमाडौँ किङ्ग्स इलेभेनमा आफू अनुबन्ध भएकोमा खुसी व्यक्त गर्दै नेपालमा क्रिकेट खेल्न उत्साहित भएको प्रतिक्रिया जनाएका थिए । ४१ वर्षीय अफ्रिदी क्रिकेटका अलराउन्डर हुन् । उनी विस्फोटक ब्याट्सम्यानका अतिरिक्त सफल बलर पनि हुन् । क्षेत्र रक्षणमा पनि उनको बेजोड प्रदर्शन रहने गरेको छ । इपिएलको चौथो संस्करण आगामी असोज ९ देखि २३ सम्म त्रिवि क्रिकेट मैदानमा खेलाइने कार्यतालिका छ ।
'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, सात जना गम्भीर
-
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट
-
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
-
अङ्ग्रेजसँगको युद्धमा मधेसका जनताले लडेको इतिहास झल्काउने 'स्मृति उद्यान' बजेट अभावमा अलपत्र
-
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति
-
माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित