शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मकवानपुरमा लागुऔषध गाँजासहित २ जना पक्राउ

बिहीबार, ०७ असोज २०७८, १७ : ०३
बिहीबार, ०७ असोज २०७८

प्रहरीले मकवानपुरको थानाभ–याङबाट १ सय ७५ किलो लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमफेदी गाउँपालिका–९ बस्ने वर्ष ३१ का मोहन स्याङतान र सोही ट्रकमा सवार थाहा नगरपालिका–३ बस्ने वर्ष २४ का प्रशान्त कार्की रहेका छन् । बिहीवार दिउँसो विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–११ थानाभ–याङबाट सो परिमाणको लागुऔषध गाँजासहित उनीहरुलाई पक्राउ गरिएको हो ।

स्याङतान ना ३ ख ५९५० नम्बरका ट्रक चालक हुन् । सोही ट्रकमा लुकाइ छिपाइ ल्याएको लागुऔषध गाँजासहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बीरगंज जाने क्रममा ट्रक बिग्रिएपछि थानाभ–याङमा मर्मत गर्दै गर्दा प्रहरीले चेकजाँच गरेको थियो ।

सोही क्रममा ट्रकभित्र फल्स बटम बनाई लुकाइछिपाइ ल्याएको लागुऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । पक्राउ परेका व्यक्ति, लागुऔषध गाँजा र ट्रक जिल्ला प्रहरी कार्यालय मकवानपुरको निगरानीमा राखेर थप अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक दासले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप