गण्डकीमा १६३ जनामा कोरोना संक्रमण पुष्टि, थप ३ जनाको मृत्यु

person explore access_timeअसोज ७, २०७८ chat_bubble_outline0

गण्डकी प्रदेशमा थप १६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ९३१ जनाको नमुना परिक्षण गरिएकामा १६३ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये ८७ महिला र ७६ जना पुरुष रहेका छन् ।
प्रदेशका ५ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।

उनका अनुसार कास्की ८८, स्याङ्जा २४,म्याग्दी ३,पर्वत १, गोरखा ९, लमजुङ २६, तनहुँ ७ र नवलपरासी पूर्वमा  जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८४ हजार ९२४ पुगेको छ ।  बिहीबार प्रदेशका ११ जिल्ला मध्ये ८ वटा जिल्लामा कोरोना संक्रमण देखिएको छ भने ३ वटा जिल्लामा संक्रमितको संख्या शून्य रहेको छ ।

गण्डकीमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेमा पोखरा–८ का ५० वर्षीय पुरुष, तनहुँको ब्यास नगरपालिका–१० का ४९ वर्षीय पुरुष र तनहुँकै शुक्लागण्डकी नगरपालिका –११ का ५० वर्षीय पुरुष रहेका छन् । योसँगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३५३ पुगेको छ । 

प्रदेशमा पछिल्लो २४ घण्टामा  जना १६५ कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८२ हजार ३२१ पुगेको छ ।   त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या १ हजार २५० पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

    
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।