‘पूर्ण प्रेस स्वतन्त्रता’ सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री पोखरेल

person explore access_timeअसोज ७, २०७८ chat_bubble_outline0

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ‘पूर्ण प्रेस स्वतन्त्रता’ सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रदेशका जनतालाई सहज रूपमा सूचना प्रवाह गर्ने योजनासहित सरकार लागि परेको बताएका हुन् ।

 उनले भन,‘अहिलेको युग सूचना र प्रविधिको युग हो । नागरिकलाई सही सूचना दिने दायित्व सरकारको हो । त्यसैले सत्य तथ्य सूचना प्रवाहमा सरकारले विशेष ध्यान पु¥याएको छ।’, मुख्यमन्त्री पोखरेलले नागरिकले सूचना प्राप्त गर्न पाउने अधिकारलाई संविधानले समेत निर्दिष्ट गरेको बताए । उनले नेपालको संविधानले लोकतन्त्रको संस्थागत विकास र पूर्ण प्रेस स्वतन्त्रतासहित सूचनाको हकलाई विशेष जोड दिएको बताए  । 

‘लोकतन्त्रको आवरणमा दुनियाँमा विशेषण जोडेर धेरै पद्धति अगाडि आए,जुन अलोकतान्त्रिक थिए,’उनले भने, ‘त्यसर्थ हामीले जुन लोकतन्त्रको अभ्यास गरेका छौँ, त्यसलाई कुनै विशेषण नथपिईकन अगाडि बढ्नुपर्ने आवश्यकता छ।’ संघीय लोकतान्त्रिक पद्धतिलाई संविधानको मूल्य, मान्यता अनुरूप अगाडि बढाउने हो भने पूर्ण प्रेस स्वतन्त्रता र राइट टु इन्फर्मेशनलाई कार्यान्वयन गराउनुपर्ने उनको धारणा रहेको थियो।

मुख्यमन्त्री पोखरेलले कानुनले अधिकार दिए पनि सरोकारवालाहरूले ढिलासुस्ती गर्दा सूचना प्राप्त गर्न नागरिक वञ्चित हुनुपरेको बताए । गण्डकी प्रदेश सरकार कानुन निर्माण गरी त्यसको सही कार्यान्वयन पक्षमा रहेको भनाई मुख्यमन्त्रीको रहेको छ । मुख्यमन्त्री पोखरेलले सूचनाको हकका विषयमा उठेका जिज्ञासालाई सम्बोधन गर्ने गरी नीति निर्माणमा ध्यान पु¥याउने बताए । ‘प्रेसको पूर्ण स्वतन्त्रताको ग्यारेन्टी भएको देख्न चाहने लोकतान्त्रिक सरकार भएका कारण कसैले प्रश्न नउठ्ने गरी आमसञ्चार विधेयक पारित गर्ने छौँ’,उनले भने। 

प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले मन्त्रालयले नागरिकको हितका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । नागरिकलाई सही सूचना प्रवाह गर्ने गरी कानुन निर्माण गर्ने हुनुपर्ने पक्षमा प्रदेश सरकार रहेको उनको भनाई छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।