रौतहटमा कटुवा पेस्तोल र गोलीसहित चारजना पक्राउ
रौतहटमा कटुवा पेस्तोल र गोलीसहित ४ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुर्गा भगवती गाउँ पालिका २ का २४ वर्षका सञ्जय साह सोनार,सोही वडाका वर्ष २८ का संजिव महतो ,वडा १ का वर्ष १९ का राजेश कुमार चौधरी ,र गढीमाई ६ का दिनेश महरा रहेका छन् ।
जिल्लाको दुर्गाभगवती गाउँपालिका–२, भलोहिया गाउँ घर भएका २४ वर्षीय सञ्जय साह सोनारको घर खानतलासीको क्रममा एकथान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गंगापिपरा बाट खटिएको प्रहरीले घर तलासी गरि उक्त हतियार तथा गोली फेला पारेपछि घरधनी र उक्त हतियार लुकाउन सहयोग गर्ने अन्य ३ लाई पक्राउ गरिएको रौतहट प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताएका छन् ।
आरोपीहरू माथि हातहतियार सम्बन्धी मुद्दा दर्ता गरि कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै