शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘सरकार महिनावारीमा कर कहिलेसम्म ?’

बिहीबार, ०७ असोज २०७८, २० : ४१
बिहीबार, ०७ असोज २०७८

महिनावारीका बेला प्रयोग गरिने स्यानिटरी प्याडको मूल्यमा कर लगाएको विरोधमा  युथ काँग्रेस नेपालका कार्यक्रमहरुले प्रदर्शन गरेका छन्। बिहीबार माइतीघरमा प्रदर्शन गर्दै उनीहरुले सरकारको सो कदमको विरोध गरेका हुन् । उनीहरुले प्याडमा लागेको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट खारेजीको माग गरेका छन्।

प्रदर्शनमा उनीहरूले रातो कर माफ गर, सरकार महिनावारीमा कर कहिलेसम्म ?, रातो कर खारेजी गर लेखेका प्लेकार्डसहित विरोध गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप