मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : बादल सम्झिँदा प्रचण्डलाई एलर्जी, ओलीलाई सरकार सिस्नु जस्तो (भिडियोसहित)

बिहीबार, ०७ असोज २०७८, २१ : ३४
बिहीबार, ०७ असोज २०७८

 

आज २०७८ असोज ७ गते बिहीबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

 


 

राष्ट्रपतिद्वारा बजेट प्रमाणीकरण 

राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट (विनियोजन विधेयक, २०७८) प्रमाणीकरण गरेकी छन् । बजेट प्रमाणीकरण गरेसँगै सरकारलाई संघीय सञ्चित कोषबाट खर्च गर्न पाउने बाटो खुलेको छ । संघीय संसद्का दुवै सदनको बैठकबाट पारित बजेट प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाएका थिए । 

दुई ‘अ’ ले अड्कायो मन्त्रिपरिषद्को ‘हलो’ 

पाँच दलीय गठबन्धनको सरकारले मन्त्रिपरिषद् विस्तारको उल्झनमै ‘हनिमुन’ पूरा गर्ने सङ्केत देखिएको छ । सरकार बनेको ७३ दिन पूरा भइसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । सरकारको ‘हनिमुन’ अर्थात् सय दिन पूरा हुन अब २७ दिन मात्र बाँकी छ ।

दसैँमा ५० हजार खसीबोका काठमाडौँ ल्याइने

विगतका वर्षहरुमा झै यो वर्षको दसैँमा पनि सरकार र व्यापारीले गरेर ५० हजार हाराहारी खसीबोका काठमाडौँ उपत्यका ल्याउने भएका छन् । विगतका वर्षहरूमा भएको खपतलाई मध्यनजरमा राख्दै यो वर्षको दसैँका लागि उक्त सङ्ख्याका खसीबोका ल्याउने भएका हुन् ।

स्पञ्ज आइरनमा भन्सार छुट विवाद

अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गते प्रतिनिधि सभामा प्रतिस्थापन विधेयक पेश गर्दै फलामे छड बनाउने कच्चापदार्थ स्पञ्ज आइरन र बिलेटमा राजस्व दर हेरफेर गरेका छन् । उनले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने र रोजगारी बढाउने तथा आयात घटाइ व्यापार घाटा घटाउन यस्तो व्यवस्था गरिएको बताएका छन् ।  बजेटमार्फत भएको यो व्यवस्थालाई स्वागत या  विरोध गर्ने भन्नेमा व्यवसायीहरूको छाता संगठन दोधारमा परेको हो । महासंघ र परिसंघ दुवैले सरकारले लिएको नीतिलाई स्वागत र विरोध दुवै गरेका छन् । छाता संस्थाका प्रमुखहरूको भनाइ छ, ‘सरकारले लिएको भन्सार छुटको नीतिले स्वदेशी उद्योग प्रोत्साहनमा पर्छन् । तर, तयारी बिलेट ल्याइ छड उत्पादन गरिरहेका दुई दर्जनभन्दा बढी उद्योग समस्यामा पनि पर्छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप