धनकुटामा युवा विकास केन्द्र स्थापना
सेवा इन्टरनेसनल नेपाल र हिन्दु स्वयंसेवक संघ नेपालले धनकुटामा युवा विकास केन्द्र स्थापना गरेका छन् । सेवा इन्टरनेशनलका अन्तर्राष्ट्रिय संयोजक श्याम पाण्डेले बुधबार केन्द्रको उद्घाटन गरे । सेवा इन्टरनेशनल नेपालका सचिव प्रसन्न वैद्यका अनुसार यस केन्द्रले युवाहरुलाई सीपमुलक तालिमहरु प्रदान गर्नेछ ।
युवा विकास केन्द्रले विभिन्न सीपमूलक तालिम, कम्प्युटर सम्बन्धी तालिम, पहाडी क्षेत्रमा कृषि सम्बन्धी तालिम, महिलाहरुका लागि सिलाई कटाई तालिमलगायत विभिन्न तालिमहरु प्रदान गर्ने वैद्यले बताए ।
संघका राष्ट्रिय सह–संघ चालक कल्याणकुमार तिमल्सिनाले सेवा इन्टरनेसनलमा विश्वको ६० वटा देशहरू आबद्ध भएको र ३५ वटा देशमा यस संस्थाले काम गरिरहेको बताए । धनकुटा नगरकी उप–प्रमुख शकुन्तला बस्नेतले केन्द्र स्थापना गर्दै युवाहरुको सीप विकासमा योगदान गरेकामा आभार व्यक्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी