शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संयुक्त राष्ट्र संघको मुख्यालय अगाडी डा. केसीको प्रदर्शन

शुक्रबार, ०८ असोज २०७८, ०६ : १५
शुक्रबार, ०८ असोज २०७८

विश्व शान्ति, सद्भाव र समानताका लागि संयुक्त राष्ट्र संघको मुख्यालय अगाडी न्यूयोर्कमा आयोजना गरिएको शान्तिपूर्ण प्रदर्शनमा डा. गोविन्द केसीले सहभागिता जनाएका छन् । गत २० र २१ सेप्टेम्बर २०२१ का दिन दिउसो १ बजे देखि ४ बजेसम्म सञ्चालन भएको कार्यक्रममा डा केसीले सहभागिता जनाएका हुन् । त्यहाँ उनलाई साथ र समर्थन गर्न आएका नेपाली समुदायले विभिन्न नारा लेखेका सामग्रीहरू प्रदर्शन समेत गरेका छन् ।

विश्वमा फैलिएको द्वन्द्व, पर्यावरणीय विनाश, सबैका लागि स्वास्थ्य र शिक्षा तथा कोभिडको खोपका विषयमा विश्वको ध्यानाकर्षण गराउने उद्देश्यले शान्तिपूर्ण प्रदर्शन गर्दै कार्यक्रम सम्पन्न भएको छ । डा केसी अझ अमेरिकाका विभिन्न राज्यहरूमा नेपाली समुदायले भेटघाट गर्ने कार्यक्रम रहेको छ ।



यसै सिलसिलामा डा प्रा केसीले पेनसेलभेनियामा आयोजित कार्यक्रममा सहभागिता जनाएका छन्  । डा केसी नेपाली समुदायले आयोजना गर्ने कार्यक्रमको लागी क्यालिफोर्निया तथा टेक्सस जानेछन् । प्रा डा केसीले देशव्यापी भन्दा माथि उठेर विश्वव्यापी नागरिकको हैसियतले आफूले उठान गरेका मुद्दाहरू नेपालमा मात्र हैन विश्वव्यापी मञ्चमा उठाउनु दायित्व ठानी त्यसलाई मूर्तरूप दिन अमेरिका आएको बताएका छन् ।



२१, सेप्टेम्बर २०२१ विश्व शान्ति दिवस रहेको थियो र संयुक्त राष्ट्र संघको महासभा भएकोले उक्त अवसरमा विश्वको ध्यान पुगोस् भन्दै शान्ति प्रदर्शनमा सहभागिता जनाएका हुन् । सम्पन्न भएको शान्तिपूर्ण प्रदर्शनीको मुख्य उद्देश्य विश्वमा फैलिएको हिंसा र युद्धको अन्त्य ,शान्ति ,सद्भाव र समानता ,जलवायु विनाशको रोकथाम र सबैका लागि स्वास्थ्य र शिक्षा तथा कोभिडको खोपका विषयमा विश्वको ध्यानाकर्षण गराउने रहेको डा केसीको रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप