बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यो वर्षको मदन पुरस्कार इङनामलाई, जगदम्बाश्री थापालाई

शुक्रबार, ०८ असोज २०७८, १० : ५६
शुक्रबार, ०८ असोज २०७८

यो वर्षको मदन पुरस्कार लेखक भगिराज इङनामलाई ​प्रदान गरिने भएको छ । असोज ७ गते बसेको मदन पुरस्कार गुठीको साधारणसभाले  ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्बत १७१९–२०२०’ का लागि इङनामलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । साधारणसभाले नृत्य क्षेत्रको उन्नयनमा समर्पित रहेका भैरबहादुर थापालाई जगदम्बाश्री पुरस्कार दिने निर्णय गरेको छ ।

साधारणसभाले अन्य ९ वटा पुस्तकलाई समेत पुरस्कृत गर्ने सूचीमा छनौट गरेको छ ।  विसं. २०१२ सालमा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको हाम्रो लोकसंस्कृति, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल तथा विज्ञान विधामा बलराम जोशीको ‘ आधिकविभव स्थिरविद्युत उत्पादक’ पुस्तकलाई मदन पुरस्कार दिने निर्णय गरेको थियो । 

२०४५ सालदेखि गुठीले जगदम्बाश्री पुरस्कार दिन थालेको हो । सो पुरस्कार पहिलो पटक गायक तथा सङ्गीतकार नारायणगोपाललाई प्रदान गरिएको थियो ।   त्यसयता थुप्रै स्रष्टा र कृतिले सो पुरस्कार प्राप्त गरेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप