अब ईपीएल एनसेल फोरजीका साथ अनलाइनबाट प्रत्यक्ष हेर्न सकिने
काठमाडौं । देशकै सबैभन्दा ठूलो खेलकुद कार्यक्रम ‘बजाज एभरेष्टप्रिमियर लिग (ईपीएल)’ अब एनसेल फोरजीका साथ प्रत्यक्ष रुपमा हेर्न सकिने भएको छ । असोज ९ गते शनिबारबाट शुरु हुने ईपीएलमा एनसेल ‘कनेक्टेड बाई’ पार्टनरको रूपमा आबद्ध भएको छ । साथै देशमा क्रिकेटको विकासका लागि योगदान गर्ने विश्वास लिएको पनि एनसेलले जनाएको छ ।
आफ्नो सबैभन्दा ठूलो फोरजी सञ्जालका साथ एनसेलले ईपीएलमार्फत मानिसहरू माझ आउटडोर खेलप्रतिको लगावलाई पुनःस्थापित गर्न मद्दत गर्ने विश्वास लिएको छ । एनसेलले आफ्ना ग्राहकहरूसँग डिजिटल माध्यमबाट जोडिरहन चाहेकाले ईपीएलसँग जोडिएको एनसेलले जनाएको छ । क्रिकेट पारखीले ईपीएल अब एनसेल फोरजीका साथ अनलाइनको माध्यमबाट प्रत्यक्ष हेर्न सक्नेछन् ।
सन् २०१६ देखि शुरु भएको ईपीएल यात्रा अहिले विश्वको ठूला क्रिकेट लिग मध्ये एक भएको छ । यो खेल विश्वका १५५ देशमा प्रसारण हुने तयारीमा छ र ४५ करोड जनसंख्या यो कार्यक्रमको पहुँचमा हुने आयोजकको अनुमान छ । आईपीएलअन्तर्गत सन् २०१७ र २०१८ मा अन्तर्राष्ट्रिय खेलाडीहरू पहिलो पटक नेपालमा क्रिकेट खेल्न आएका थिए र यो निकै सफल भएको थियो ।
ग्राहकसँग जोडिने र उनीहरूका अनुभव आदानप्रदान गर्न ईपीएल—एनसेल सहकार्यले सकारात्मक भूमिका खेल्ने विश्वास एनसेलको छ । छोटो समयमै गति लिन सफल ईपीएलले विश्वव्यापी रूपमा ध्यान खिच्न सफल भएको छ र नेपालका लागि यो सच्चा राजदूतको रूपमा स्थापित भएको छ ।
पाकिस्तानी क्रिकेट स्टार शाहिद अफ्रिदी यो वर्ष ईपीएल खेल्न नेपाल आएका छन् । उनले नेपालको जस्तो प्राकृतिक सौन्दर्य अरू कतै नरहेको सुनेको र ईपीएलको नयाँ संस्करण नेपालमा खेल्न निकै उत्साहित रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु परिवर्तनबाट हिमाल जोगाउनका लागि कतारलाई राष्ट्रपतिको आग्रह
-
चिया निर्यात रोकिएपछि उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण, व्यापार सम्झौता पुरा नगरेको आरोप
-
वीरगञ्जमा एक जनाको शव फेला
-
केपी ओलीको अभिनय : वान टेकमा ओके
-
राष्ट्रपति र कतारका राजाबिच आपसी सम्बन्ध मजबुत बनाउनेबारे छलफल
-
कतारी राजाको सवारी रुट खाली, तस्बिरहरू