शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नमस्ते एकेडेमी रुपन्देहीको व्यवस्थापनको जिम्मेवारी द ब्रिटिस कलेजलाई

बेलायतको न्यूस्टेड वुड स्कुलको अध्यक्षमा कँडेल नियुक्त
शुक्रबार, ०८ असोज २०७८, १३ : १९
शुक्रबार, ०८ असोज २०७८

काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले लुम्बिनी प्रदेशको बुटवलस्थित नमस्ते एकेडेमी व्यवस्थापनको जिम्मेवारी सम्हालेको छ । ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त शैक्षिक संस्था ब्रिटिस कलेजले आधिकारिक रुपमा नमस्तेको व्यवस्थापन थालेको हो ।

टीबीसीको व्यवस्थापनमा आएसँगै नमस्ते एकेडेमीलाई पश्चिम नेपालको अग्रणी शैक्षिक संस्थामध्येको एक बनाउन लागि प्रर्ने कलेजले जनाएको छ । लामो समयदेखि ब्रिटिस कलेजको सल्लाहकार समितिमा रहेका पाउल क्ल्भ्सि एमबीईलाई नमस्तेको विद्यालय व्यवस्थापन समितिको उपाध्यक्षको जिम्मेवारी दिइएको छ ।

शैक्षिक क्षेत्रमा निकै उपलब्धि हाँसिल गरेका क्ल्भिससँग बेलायतका प्रतिष्ठित विश्वविद्यालयहरुमा काम गरेको अनुभव रहेको छ । उनले काम गरेको शैक्षिक संस्थाहरुमा उत्कृष्ट मध्येको एक बेलायतको इटन कलेज रहेको छ । साथै, उनको सर्वाधिक बिक्री भएको पुस्तक विश्वका बिभिन्न विश्वविद्यालयहरुमा पढाइँदै आएको छ ।

त्यस्तै, विद्यालयको एक्जेक्युटिभ प्रिन्सिपलमा मार्क बार्थोलोमेउलाई नियुक्त भएका छन् । शैक्षिक व्यवस्थापनमा दक्खल बार्थोलोमउ बेलायती नागरिक हुन् । बेलायतमा धेरै शैक्षिक परियोजनाहरुको नेतृत्व गरेका उनीसँग ब्रिटिस काउन्सिल तथा विश्वको प्रतिष्ठित विश्वविद्यालय क्याम्ब्रिजमा काम गरेको ३० वर्षको अनुभव छ ।

बार्थोलोमेउले यसै शैक्षिक सत्रमा नमस्तेलाई प्रदेशको अंग्रेजी भाषाको उत्कृष्ट शैक्षिक संस्थाक बनाउने उदेश्य लिएको बताएका छन् । ‘हाम्रो उद्देश्य भनेको नेपाली समुदायमा शैक्षिक स्तर वृद्धि गर्नु हो । साथै, यसै शैक्षिक सत्रमा हामीले नमस्तेलाई प्रदेशको अंग्रेजी भाषाको पढाई हुने एक उत्कृष्ट शिक्षा प्रदायक बनाउने योजनामा छौंं’, बार्थोलोमेउले भने ।

ब्रिटिस एजुकेशन ग्रुपले नेपालमा ब्रिटिस कलेज तथा मदरल्याण्ड स्कुल तथा दुबई र बेलायतमा पनि शैक्षिक संस्थाहरु संचालनमा ल्याएको छ । साथै, यस समूहले शिक्षा क्षेत्रमा थप विस्तार गर्ने योजना अगाडि सारेर अघि बढिरहेको छ । यसै समूहका सदस्य अरुण कँडेल विद्यालय विभागका प्रमुख रहेका छन् । शैक्षिक क्षेत्रमा करिब १५ वर्षको अनुभव हाँसिल गरेका कँडेलले नमस्तेसहित अन्य विद्यालयहरूको शैक्षिक सुधारमा प्रमुख भूमिका निर्वाह गर्ने कलेजले जनाएको छ ।

व्यवस्थापन थालेसँगै नमस्ते एकेडेमी ब्रिटिस एजुकेशन ग्रुपको एक हिस्सा बनेको छ । ब्रिटिस एजुकेशन ग्रुपका संस्थापक तथा कार्यकारी निर्देशक राजन कँडेलले थप अनुभवी व्यक्तिहरु नमस्तेमा आबद्ध भएकोले यसको गुणस्तर वृद्धि हुने विश्वास व्यक्त गरे ।  

कँडेल बेलायतको उत्कृष्ट मध्येको एक शैक्षिक संस्था ‘न्यूस्टेड वुड स्कूल’को अभिभावक संघको अध्यक्षमा हालसालै नियुक्त भएका छन् । उनी सन् १९५४ देखि संचालनमा आएको बेलायतको साउथ इस्ट लण्डन स्थित न्यूस्टेड वुड स्कुलको अध्यक्षमा नियुक्त भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप