बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा १३ वर्षीया किशोरी बलात्कृत,  २५ वर्षीय युवक पक्राउ

शुक्रबार, ०८ असोज २०७८, १३ : २४
शुक्रबार, ०८ असोज २०७८

 

भक्तपुरको मध्यपुर ठिमीमा १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । सिन्धुली सुनकोशी गाउँपालिका-४ बस्ने २५ वर्षीय मिठाराम धिमाललाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

धिमालले गत साउन १५ गते बिहान भक्तपुर मध्यपुर ठिमीस्थित गेष्ट हाउसमा ती किशोरीलाई जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले महोत्तरी बर्दिबास नगरपालिका-१ मा लुकीछिपी बसेको अवस्थामा फेला उनलाई पक्राउ गरेको हो ।

यता, बर्दियामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नागरपालिका-१ कुसुम्बा बस्ने २४ वर्षीय सुरेश मगरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । मगरले गत साउन २४ गतेदेखि असोज ६ गतेसम्म ती किशोरीलाई विवाह गर्छु भन्दै ललाई फकाई आफ्नै घरमा लगि जबरजस्ती करणी गरी कुटपिट तथा धाकधम्कीसमेत दिने गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै डडेल्धुरामा १३ किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्शुराम नगरपालिका-१० बस्ने २३ वर्षीय राम सिंह ठगुन्ना र दार्चुला नौगाड गाउँपालिका-५ घर भएका २७ वर्षीय जगदिश धामी रहेका छन् । ती किशोरीलाई दुई जना अपरिचित केटाहरूले असोज ५ गते बलत्कार गरी भागेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरीले घटनामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप