शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतीय प्रधानमन्त्री मोदी र जापानी प्रधानमन्त्री सुगाबीच वार्ता

शुक्रबार, ०८ असोज २०७८, १३ : २९
शुक्रबार, ०८ असोज २०७८

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी समकक्षी योशिहिदे सुगाले दुई बीचको बहुआयामिक सम्बन्धको समीक्षा गर्दै अफगानिस्तानसहित हालैको वैश्विक र क्षेत्रीय घटनाक्रमको बारेमा छलफल गरेका छन् । वार्ताका अवसरमा दुई नेताले स्वतन्त्र, खुला र समावेशी हिन्द–प्रशान्त क्षेत्रप्रति आ–आफ्नो प्रतिबद्धता दोहोर्याएका हुन् । प्रधानमन्त्री सुगाले हालै पदभार ग्रहण गरेपछि प्रधानमन्त्री मोदीसँग यो पहिलो व्यक्तिगत भेटवार्ता हो।

सो अवसरमा दुबै प्रधानमन्त्रीले मुम्बई(अहमदावाद हाई स्पीड रेल (MAHSR) परियोजनाको शुरुवात र समयमै यसको कार्यान्वयनका लागि आ(आफ्नो तर्फबाट प्रतिबद्धता जनाएका छन् ।  दुई नेता बीचको बैठक क्वाड को पहिलो शिखर सम्मेलनको एक दिन अगाडि भएको हो । यो संयन्त्र अष्ट्रेलिया, भारत, जापान र संयुक्तराज्य अमेरिकाबीच चार पक्षीय सहयोगसँग सम्बन्धित छ। विदेश मन्त्रालयका अनुसार उनीहरूबीच रक्षा उपकरण र प्रविधिको क्षेत्रसहित द्विपक्षीय सुरक्षा र रक्षा सहयोग बढाउनेबारे सहमति जुटेको छ।

दुई प्रधानमन्त्री बीचको पहिलो भेटवार्ता हार्दिकतापूर्ण रह्यो। सेप्टेम्बर २०२० पछि सुगाले जापानको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरिसकेपछि उनीहरूबीच तीनपटक टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री मोदीले भारत–जापान विशेष रणनीतिक र ग्लोबल पार्टनरसीप पछिल्ला केही वर्षहरूमा भएको ठूलो प्रगतिका निम्ति प्रधानमन्त्री सुगालाई विशेष धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री मोदीले कोभिड–१९ महामारीका बीच पनि सफलतापूर्वक टोकियो ओलम्पिकको आयोजना गरेकामा प्रधानमन्त्री सुगा र जापानलाई विशेष बधाई समेत व्यक्त गरेका छन् । सो अवसरमा दुवै प्रधानमन्त्रीले दुई देश बीचको बढ्दो आर्थिक संलग्नताको स्वागत गरेका छन् ।

उनीहरुले बीच यस वर्षको शुरुमा भारत, जापान र अष्ट्रेलिया बीच आपूर्ति शृङ्खला र लचकता पहल (एससीआरआई) को लचिलो, विविध र विश्वासिलो आपूर्ति संरचनालाई सक्षम पार्न गरिएको प्रयासको स्वागत गरेका छन् । उक्त अवसरमा भारतीय प्रधानमन्त्री मोदीले निर्माण र क्षमता विकासका क्षेत्रमा काम गर्नका लागि दुई पक्षीय साझेदारीको संरचना निर्माणको लागि जोड दिएका छन् ।

जापानी प्रधानमन्त्री सुगाले भारतीय प्रधानमन्त्री मोदीलाई दिएको जानकारी अनुसार यस वर्षको शुरूमा हस्ताक्षर गरिएको निर्दिष्ट कुशल श्रमिक (एसएसडब्ल्यू) सम्झौतालाई सञ्चालन लागि जापानी पक्षले २०२२ को शुरुदेखि भारतमा सीप र भाषा परीक्षण कार्यक्रम सञ्चालन गर्नेछ।

दुई प्रधानमन्त्रीबीच कोभिड–१९ महामारी र यसलाई सम्बोधन गर्ने प्रयासका बारेमा पनि छलफल  केन्द्रित भएको छ । उनीहरूले डिजिटल टेक्नोलोजीको बढ्दो महत्त्वलाई जोड दिँदै यस विषयमा भारत–जापान डिजिटल पार्टनरशिप मा विशेष गरी स्टार्टअपमा भएको प्रगतिको सकारात्मक मूल्याङ्कन पनि गरेका छन् ।

त्यसैगरी दुई नेताबीच विभिन्न उदीयमान प्रविधिमा थप सहयोग बढाउनेबारे विचार आदान–प्रदान भएको छ। जलवायु परिवर्तनका मुद्दाहरू, हरित ऊर्जा संक्रमण र भारतको राष्ट्रिय हाइड्रोजन ऊर्जा मिशनसँग जापानी सहयोगको सम्भावनाका विषयमा पनि छलफल भएको छ। दुई नेताले भारत–जापान एक्ट इस्ट फोरम अन्तर्गत भारतको उत्तरपूर्वी क्षेत्रमा द्विपक्षीय विकास परियोजनाहरूमा भएको प्रगतिलाई स्वागत गर्दै,  यस्तो सहयोगलाई अझ बढाउने सम्भावनाहरूको समेत उल्लेख गरेका छन् । –एएनआई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप