ज्योति लाइफ इन्स्योरेन्स पाँचौ वर्षमा, यस्तो छ वित्तीय अवस्था
शुक्रबार, ०८ असोज २०७८, १४ : १२
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आजबाट चौथो वर्ष पुरा गरि पाँचौ वर्षमा प्रवेश गरेको छ । ७३ जिल्लाको विभिन्न भागमा १२३ वटा शाखा संजाल विस्तार गरिसकेको ज्योति लाइफ सर्वाधिक ३५ वटा घातक रोग विरुद्ध ५० लाखसम्मको आर्थिक सुरक्षा दिने एक मात्र कम्पनी हो ।
कम्पनीले विभिन्न १० किसिमका आकर्षक जीबन बीमा योजना जारी गरिसकेको छ । हालसम्म कुल ७ अर्ब लगानी गरेको यस कम्पनीले आर्थिक वर्ष २०७७÷७८ मा ३.१० अर्ब कुल बिमा शुल्क सहित हालसम्म ६.९० अर्ब कुल बिमा शुल्क आर्जन गरिसकेको जनाएको छ ।
१० हजार भन्दा बढी सक्रिय अभिकर्ता रहेको कम्पनीको ९० हजार भन्दा बढी बिमित छन् । यसैगरी, सर्वसाधारणलाई ६६ करोडको सेयर जारी गरी कुल चुक्ता पुँजी २२० करोड कायम गरेको र ४ अर्बको जीबन बिमा कोष कायम गरेको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
औलोका ८० प्रतिशत बिरामी भारतबाट भित्रिन्छन्
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन