शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल निकै राम्रो लाग्यो, अर्कोपटक परिवारसहित आउनेछु : अफ्रिदी

शुक्रबार, ०८ असोज २०७८, १४ : ३३
शुक्रबार, ०८ असोज २०७८

पाकिस्तानका पूर्वकप्तान तथा स्टार क्रिकेटर साहिद अफ्रिदीले नेपालीहरूले गरेको न्यानो स्वागतबाट आफु निकै खुसी भएको बताएका छन् । यसपटक एभरेस्ट प्रिमियर लिगमा पुरै सिजन नभएर केवल दुई खेल मात्रै खेल्ने पनि उनले बताए । काठमाडौं किंग्स इलाभेनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अफ्रिदीले नेपाली क्रिकेटलाई आवश्यकता परेको समयमा आफुले सँधै साथ दिने बताए ।

‘नेपालमा मैले विगत दुई दिन निकै रमाइलो महसुस गरें । यस सिजन केवल दुई खेल खेल्नेछु । तर अर्कोपटक म पुरै सिजन खेल्नेगरी आउनेछु’ उनले भने, ‘अर्कोपटक पुरै परिवारसहित घुम्न आउने सोचमा छु ।’ आफु केवल क्रिकेट खेल्न मात्र नभएर नेपाल र पाकिस्तान बीचको मित्रवत सम्बन्धलाई प्रगाढ बनाउनसमेत आएको अफ्रिदीले बताए । उनले काठमाडौं किग्सं इलाभेनबाट खेल्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप