शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ईपिएलका लागि यस्तो छ काठमाडौं किंग्स एघारको टोली

शुक्रबार, ०८ असोज २०७८, १६ : १३
शुक्रबार, ०८ असोज २०७८

शनिबारबाट काठमाडौंमा सुरु हुने एभरेस्ट प्रिमियर लिग (ईपिएल) का लागि काठमाडौं किंग्स् ११ ले टोली घोषणा गरेको छ । सन्दीप लामिछानेको कप्तानीमा उत्रने टोलीमा पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी र अफगानी क्रिकेटर रेहमानुल्लाह गुर्वाज पनि हुनेछन् ।  त्यसैगरी गुल्शन झा, सुवास खकुरेल, सिद्धान्त लोहनी,जितेन्द्र मुखिया,अमित श्रेष्ठ, राजु रिजाल, अमरसिंह रौटेला, शेर मल्ल, सम्सद शेख, दीपेन्द्र रावत, आकाश चन्द र रायन वर्ल टोलीमा छन् । 

कुन खेल कहिले ?
ईपिएलमा पहिलो चरणअन्तर्गत काठमाडौं किंग्स ११ ले ९ असजोमा ललितपुर पाट्रीएट्स, ११ असोजमा विराटनगर वारियर्स, १२ असोजमा पोखरा राईनोज, १४ असोजमा चितवन टाइगर्स र १६ असोजमा भैरहवा ग्लाडिएटर्ससँग प्रतिस्पर्धा गर्नेछ । 

अफ्रिदीको उपस्थितिले खेल फरक पार्छ 

कप्तान सन्दीप लामिछानेले साहिद अफ्रिदीको उपस्थितिले मैदानमा निकै ठूलो अर्थ राख्ने बताएका छन् । ‘साहिद भाइको उपस्थिति र अनुभवले खेलमा ठूलो अर्थ राख्छ । हामी निकै उत्साहित छौं र अहिलेका लागि ललितपुर पाट्रीयट्सविरुद्धको खेलमा कसरी उत्कृष्ट प्रदर्शन गर्ने भन्नेमा केन्द्रीत छौं,’ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने । 

अफ्रिदीले आफुलाई नेपाल निकै मन परेको बताए । ‘इमानदार भएर भन्नुपर्दा पछिल्ला दुई दिन मैले निकै आनन्दित महसुस गरे । मलाई यहाँको हस्पिटालिटी निकै मन पर्यो,’ अफ्रिदीले भने,‘यस पटकका लागि मैले पूरा सिजन खेल्ने छैन । केवल दुई खेलमात्रै खेल्नेछु । सन्दीप निकै प्रतिभाशाली छन् र मलाई लाग्छ उनको नेतृत्वमा टोलीले राम्रो गर्नेछ ।’

उनले अर्कोपटक पुरै सिजन खेल्नेगरी नेपाल आउन मन लागेको बताए । ‘मलाई फेरि नेपाल आउन मन छ । हाम्रो परिवारसहित घुम्न आउने योजना पनि बनाएको छु । अर्कोपटक आउँदा म पुरै सिजन खेल्नेछु,’ उनले भने । नेपाली क्रिकेटलाई आवश्यकता परेको समय योगदान गर्न आफु तयार रहेको पनि उनले बताए । ‘म क्रिकेट खेल्नमात्रै आएको होइन । नेपाल र पाकिस्तानबीचको मित्रवत सम्बन्धलाई सुदृढ बनाउन पनि आएको हुँ,’ उनले भने, ‘नेपालीहरु क्रिकेटप्रेमी छन् र यहाँ पाएको न्यानो मायाप्रति आभारी छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप