बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

किस्साः अभिनेताको एक थप्पडले बिग्रिएको थियो ललिता पावरको आँखा, दुई दिनसम्म कोमामै

शुक्रबार, ०८ असोज २०७८, १७ : १०
शुक्रबार, ०८ असोज २०७८

बलिउड फिल्ममा खतरनाक सासु र रामानन्द सागरको ‘रामायण’ की मथुरा त तपाईंलाई थाहा होला । यो भूमिकालाई चर्चित अभिनेत्री ललिता पावरले निभाएकी थिइन् । धेरैजसो फिल्ममा नकारात्मक भूमिका निभाउने भएकोले उनले आफ्नो अभिनयले मानिसहरुको मनमा डर पैदा गर्ने गर्दथ्यो । धेरैले फिल्मका नायक– नायिकालाई याद गर्ने गर्छन् तर जुन फिल्ममा ललिता हुन्थिन् त्यो फिल्ममा उनलाई बिर्सन सहज हुँदैनथ्यो । उनले धेरैजसो सासु र आमाको भूमिका नै पाउने गर्थिन् । कारण थियो, उनको अनुहार, जसले मानिसहरुलाई उनी खतरनाक भएको महसुस गराउँथ्यो । ललिता पावर २२ वर्ष अघि नै संसारबाट बिदा भएकी थिइन् । तर निकै थोरैलाई थाहा होला कि ललिताको स्वरुप पहिलेदेखि नै यस्तो भने थिएन । उृनी निकै सुन्दर थिइन् । तर एक दुर्घटनाले उनको अनुहार सधैंका लागि बिगारिदिएको थियो ।

९ वर्षको उमेरमा फिल्ममा गरिन् कामः

ललिता पावरले ९ वर्षको उमेरदेखि नै अभिनयको दुनियाँमा कदम राखेकी थिइन् । एकपटक जब उनी आफ्ना पितासँग फिल्ममा सुटिङ हेर्न गएकी थिइन् तब उनीमाथि नाना साहेबको नजर परेको थियो । उनले ललितालाई बाल कलाकारको भूमिका अफर गरे । त्यसपछि उनले फिल्म ‘राजा हरिश्चन्द्र’ बाट डेब्यू गरेकी थिइन् । ४० को दशकपछि उनले मुख्य नायिकाको रुपमा पहिचान पाउन थालिन् ।

एक थप्पडले फेरिदियो जीवनः

कुरा सन् १९४२ को हो । जंग–ए–आजादीको सेटमा एउटा दृश्यको सुटिङ चलिरहेको थियो । यो दृश्यमा अभिनेता भगवान दादाले ललिता पावरलाई थप्पड हान्नुपरेको थियो । भगवान दादाले ललितालाई यति जोडले थप्पड हाने कि उनी भुइँमा पछारिइन् र उनको कानबाट रगत निस्कन थाल्यो । ललितालाई तत्काल अस्पताल पुर्याइयो ।

ललितालाई प्यारालाइसिस भयोः

थप्पड यति जोडदार थियो कि ललिता कोमामा पुगिन् । उनी लगभग दुई दिनसम्म कोमामा पुगिन् । उनी कोमाबाट बाहिर निस्किन् तर दाहिने आँखामा प्यारालाइसिस भयो । प्यारालाइसिस समय सँगै क्रमशः निको त भयो तर उनको दाहिने आँखा पूर्ण रुपमा खुम्चियो । उनको अनुहार सधैंका लागि खराब भयो । भगवान दादालाई यो दुर्घटनाको जिन्दगीभर अफसोस रह्यो ।

पाउन थालिन् नकारात्मक भूमिकाः

यो दुर्घटनापछि ललिताले नायिकाको भन्दा पनि नेगेटिभ भूमिका अफर हुनथाल्यो । तर ललिताले पुनः फिल्ममा फिर्ता हुने निर्णय गरिन् र नकारात्मक भूमिकामा उनीभन्दा शानदार अभिनय अरु कसैले पनि गर्न सकेन ।

७०० फिल्ममा गरिन् कामः

ललिता एकमात्र यस्ती कलाकार रहिन् जसले ७ दशकसम्म बलिउडमा काम गरिन् । यतिबेला उनले करिब ७०० फिल्ममा काम गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप