बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

हाम्रो पात्रोले शुरु गर्यो रेमिट्यान्स सेवा, सस्तो शुल्कमा सोझै बैंक खातामा रकम पठाउन सकिने

शुक्रबार, ०८ असोज २०७८, १८ : ५८
शुक्रबार, ०८ असोज २०७८

काठमाडौं । हाम्रो पात्रोले रेमिट्यान्स सेवा शुरु गरेको छ । एउटै एपमा विभिन्न सुविधा उपलब्ध गराउँदै आएको एपमा विदेशबाट नेपाल रकम पठाउन सकिने सेवा समेत थपिएको हो ।

शुक्रबारदेखि सुरु भएको यो सेवा मार्फत तत्कालका लागि अमेरिकामा रहेका नेपाली नागरिकले नेपालमा रकम पठाउन सक्नेछन् । अमेरिकी बैंकमा रहेको खाता तथा डेबिट कार्डबाट सहजै जुनसुकै नेपाली बैंकको खातामा रकम पठाउन सकिने हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीले जानकारी दिए ।

‘आज १२ बजेदेखि नै हाम्रो पात्रोको रेमिटेन्स सेवा सञ्चालनमा आएको छ,’ उनले भने । हाम्रो पात्रोको आईओएस र एन्ड्रोइड दुवै एपमा नयाँ अपडेटसँगै यो सुविधा थपिएको हो । तत्काल अमेरिकामा रहेका नेपालीका लागि उपलब्ध यो सेवा आगामी दिनमा क्रमशः अस्ट्रेलिया, जापान, दक्षिण कोरिया हुँदै अन्य मुलुकमा समेत विस्तार गरिने संस्थापक उप्रेतीले बताए ।

कम्पनीले हाल बजारमा उपलब्ध रेमिट्यान्स सेवाको तुलनामा आफ्नो सेवा निकै सस्तो रहेको दाबी गरेको छ ।

रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफर समेत सार्वजनिक गरेको छ । जस अनुरूप दसैँ तिहारको अवसरमा प्रयोगकर्ताले हाम्रो पात्रोबाट सुरुवाती तीन पटकसम्म निःशुल्क रुपमा रेमिट्यान्स नेपाल पठाउन सक्नेछन् ।

तत्कालका लागि रेमिटेन्स पठाएको दुईदेखि तीन दिनमा नेपाली बैंकको खातामा रकम जम्मा हुने भन्दै कम्पनीले एक महिनाभित्र एपमा इन्स्टेन्ट (तुरुन्ता तुरुन्तै) रकम ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप