शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

६१ थान मोबाइलसहित दुई जनालाई पक्राउ

शुक्रबार, ०८ असोज २०७८, १९ : १४
शुक्रबार, ०८ असोज २०७८

भारतबाट भन्सार छलेर चोरी पैठारी गरी ल्याइएका मोबाइलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भन्सार छलेर ल्याएका मोबाइलको कारोबार गर्ने गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखाको टोलीले महोत्तरी घर भएका  २१ वर्षीय आकाश कार्की र सोही उमेरका अमित कुमार महतोलाई काठमाडौँबाट पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट आईफोन, सामसुङ, लाभा, ओप्पो, हुवावे र रियलमी कम्पनीका ६१ थान मोबाइल बरामद गरेको छ । दुवैलाई अवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय गौचरण पठाइएको महाशाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप