शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कालिकोटमा एकीकृत समाजवादीको पार्टी कार्यालय शिलान्यास

शुक्रबार, ०८ असोज २०७८, १९ : ३८
शुक्रबार, ०८ असोज २०७८

नेकपा एकीकृत समाजवादी कालिकोटले पार्टी कार्यालयको शिलान्यास गरेको छ। शुक्रबार एक कार्यक्रमका बीच  पार्टी कार्यालयको शिलान्यास गरिएको हो । 
नेकपा एमाले विभाजन भएयता एकीकृत समाजवादीको यो पहिलो पार्टी कार्यालय पनि हो ।

करिब ७० लाख लागतमा ६ महिनाभित्रै निर्माण सम्पन्न हुने गरी (पूर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीको स्मृति भवन) शिलान्यास गरिएको एकीकृत समाजवादी कालिकोटका पार्टी सचिव चित्रसिंह गाउँलेले जानकारी दिए । 

उनले भने ,‘ सायद यो हाम्रो भौतिक संरचनाको काम नेपालमै पहिलो होला ।’ 

कालिकोटमा एकीकृत समाजवादीको नेतृत्व तहमा कर्णालीका कृषि मन्त्री समेत रहेका कुर्मराज शाही लगायतले गरिररहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप