शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा कोरोना संक्रमितको संख्या ३३ हजार नाघ्यो

शुक्रबार, ०८ असोज २०७८, २० : ०२
शुक्रबार, ०८ असोज २०७८

कर्णाली प्रदेशमा शुक्रबार थप ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।  ६४ जनामा गरिएको आरटी–पीसिआर विधिबाट गरिएको कोरोना परीक्षणबाट ४१ जना र ७४ जनामा गरिएको एन्टिजेन विधिको कोरोना परीक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

संक्रमण देखिनेमा सुर्खेतमा सबैभन्दा बढी ४४ जना रहेका छन् भने रुकुम पश्चिममा ५, कालिकोटमा १ र दैलेखमा २ जना रहेका छन् । योसँगै कर्णालीमा कुल संक्रमितको संख्या ३३ हजार ३९० पुगेको छ । तीमध्ये ३१ हजार ४७२ जनाले कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् । शुक्रबार ५८ जनाले कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् ।

प्रदेशभर सक्रिय संक्रमितको संख्या घटेर २७५ मा खुम्चिएको छ भने कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३७५ पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप