बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिक्चेतमा देखिएको खाद्यान्न समस्या समाधान गर्न पहल गर्छु : गृहमन्त्री खाँण

शुक्रबार, ०८ असोज २०७८, २० : ३०
शुक्रबार, ०८ असोज २०७८

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले पहिरोले सडक अवरुद्ध हुँदा गोरखाको चुमनुबरी गाउँपालिकाका वडा नम्बर ६ को सिक्चेत गाउँमा देखिएको समस्या समाधान गर्न पहल गर्ने बताएका छन् । ‘चूम सिक्चेत मानखाङ गुम्बा’को उद्घाटन गर्न आज सिक्चेत पुगेका मन्त्री खाँणले सडक अवरुद्ध हुँदा देखिएको खाद्यान्न समस्या समाधानका लागि तत्काल पहल सुरु गर्ने बताएका हुन्। 

गत भदौ दुई गते लोक्पा र सर्दी भिरमा गएको पहिरो अझै नरोकिँदा सिक्चेत गाउँमा अहिलेसम्म खाद्यान्न पुग्न सकिरहेको छैन । मानिसहरू आवतजावत गर्न पनि समस्या भइरहेको छ । मन्त्री खाँणले पहिरो हटाउनका लागि आफ्नो मन्त्रालयबाट हुने काम गर्न सँगै गएका मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेललाई निर्देशन दिए । ‘पहिरोले यहाँ आउने मुल सडक अवरुद्ध हुँदा देखिएको खाद्यान्न समस्या समाधानका लागि मन्त्रालयको विपद व्यवस्थापन महाशाखामार्फत प्रक्रिया सुरु हुन्छ । आवश्यक खाद्यान्न हेलिकोप्टरबाट  भए पनि यहाँसम्म पु¥याउने व्यवस्था हुन्छ,’ मन्त्री खाँणले भने ।

मन्त्री खाणलाई चुमनुबरी गाउँपालिका वडा नं ६ का अध्यक्ष लोप्साङ थुन्जो लामाले त्यहाँका पहिरोलगायतका वडाले झेल्नु परेका समस्याबारे अवगत गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप