पत्रकार गिरी र सुवेदीलाई ‘पत्रकारिता पुरस्कार–२०२०’
नेपालको शान, संगीतको पहिचान भन्ने मूल नारालाई आत्मसात गर्दै नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१ आयोजना हुने भएको छ । तुलसी मिडियाको आयोजनामा हुन लागेको सो अवार्ड कार्यक्रम असोज १८ गते काठमाडौंको चन्द्रागिरीमा हुने भएको हो । तुलसी मिडियाका अध्यक्ष तथा अवार्डका संयोजक नवराज भण्डारीले असोज १८ गते भव्य समारोहबीच म्युजिक अवार्ड आयोजना हुने बताए ।
उक्त अवार्ड समारोहमा नगद राशिसहित दुई पत्रकार सम्मानित हुने भएका छन्। दुई दशक लामो समयदेखि रंग पत्रकारितामा कलम चलाउँदै आएका पत्रकार लक्ष्मण सुवेदी र पत्रकार कुबेर गिरीलाई ‘पत्रकारिता सम्मान–२०२०’ बाट सम्मानित गरिने जानकारी आयोजक पक्षले दिएको छ।
अवार्डको ३६ वटा विधाको उत्कृष्ट पाँच मनोनयन लकडाउन अघि नै सार्वजनिक गरिएको थियो । नेपाली गीत संगीतलाई प्रवर्धन गर्दै नेपाली सांगीतिक क्षेत्रको चलायमान र क्रियाशीलतालाई यस अवार्डले अझ बढाउने आयोजक पक्षले विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्काल ‘वामपन्थी एकता’ नदेख्ने ओलीको ३१ पन्ने प्रतिवेदन
-
तीन हप्ताको अल्टिमेटम दिँदै केसीले दिए सत्याग्रहको चेतावनी
-
नेपालकै पहिलो अटोक्रस च्याम्पियनसिप सम्पन्न
-
अप्पर अरुणमा विश्व बैंकले साढे ८ सय मिलियन डलर बराबरको लगानी गर्ने
-
ओलीप्रति माधव नेपालको टिप्पणी: यसलाई भन्छन्–व्यक्तिवाद !
-
भवन बनाउन पार्टी सदस्यबाट न्यूनतम १ सय रुपैयाँ उठाउन एमाले महासचिवको प्रस्ताव