शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नागार्जुनको फिल्ममा काजलको सट्टामा ज्याकलिन, काजल गर्भवती भएको चर्चा

शनिबार, ०९ असोज २०७८, ०७ : ३२
शनिबार, ०९ असोज २०७८

बलिउड तथा साउथ फिल्मकी अभिनेत्री काजल अग्रवालले नागार्जुनको फिल्म ‘द घोस्ट’ मा काम नगर्ने भएकी छन् । फिल्ममा काजलको सट्टामा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले काम गर्ने भएकी छन् । 

काजलले गत वर्ष अक्टोबरमा व्यवसायी गौतम किचलूसँग विवाह गरेकी हुन् । उनी सामाजिक सञ्जालमा सधैं चर्चामा रहन्छिन् । उनले विवाहपछिका दिनहरू पतिसँग रमाइलो गरेर बिताउँदै आएकी छन् । 

पछिल्लो केही समययता काजल गर्भवती भएको चर्चा चल्न थालेको छ । नागार्जुनको फिल्ममा काजलले काम नगर्ने भएपछि उनी गर्भवती भएको आशंका झन् बढेको छ । उनी गर्भवती भए नभएको काजलले बताएकी छैनन् । उनी पछिल्लो समय काम गरिरहेको प्रोजेक्ट पनि छिट्टै सकाउने योजनामा छिन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप