बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गदर–२ मा देखिँदैछन् सन्नी देओल

शनिबार, ०९ असोज २०७८, ०८ : ५६
शनिबार, ०९ असोज २०७८

सन्नी देओलको करियरकै सबैभन्दा हिट फिल्म ‘गदरः एक प्रेम कथा’ सन् २००१ मा रिलिज भएको थियो । यो फिल्मलाई अनिल शर्माले निर्देशन गरेका थिए । अनिल र देओल परिवारबीच पारिवारीक सम्बन्ध छ ।  अनिलले सन्नीका बाबु धमेन्द्रलाई मुख्य भूमिकामा राखेर हुकुमत, ऐलान–ए–जंग, फरिस्तेलगायत फिल्म बनाइसकेका छन् । र, अहिले फेरि सन्नी देओललाई नै लिएर गदर फिल्मको सिक्वेल बनाउने योजनामा जुटेका छन् । 

२० वर्षअघि रिलिज हुनासाथ गदरले बक्स अफिसमा धमाका पिटेको थियो । पछिल्ला २० वर्षमा कुनै पनि फिल्मको टिकट त्यति धेरै बिकेन, जति गदरको बिकेको थियो । पिके र बाहुबलीजस्ता हिट फिल्मको टिकट बिक्री पनि गदरभन्दा कम छ । 

गदर २ मा अनिलका छोरा पनि 

गदर २ मा सनी देओलमात्रै नभएर अनिल शर्माका छोरा उत्कर्ष शर्मा पनि हुनेछन् । गदर फिल्ममा उनी सन्नी देओलको छोराको भूमिकामा थिए । यसअघि जिनियस नामक फिल्ममा उत्कर्ष मुख्य भूमिकामा देखिएका थिए, तर यो फिल्म फ्लप भयो ।  त्यहीकारण अनिलले आफ्नो छोरालाई अर्को मौका उपलब्ध गराउन चाहेका छन् । स्रोतका अनुसार गदर २ को स्क्रिप्ट पुरै फाइनल भइसकेको छ । उत्कृष्ट कथा भेटिएमा गदरको सिक्वेल बनाउने प्रतिक्रिया यसअघि नै अनिलले दिएका थिए । 

https://hindi.webdunia.com/

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप