शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकले १२ प्रतिशत बोनस दिने

शुक्रबार, ०८ असोज २०७८, १० : ००
शुक्रबार, ०८ असोज २०७८

सिटिजन्स बैंकले आफ्ना सेयरधनीहरूलाई १२ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १२.९१३ प्रतिशत बोनस सेयरको प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट उक्त प्रतिशत बोनससँगै ३.०८९ प्रतिशत नगद लाभांश समेत दिने प्रस्ताव गरेको छ । बोनस र नगदसहित सिटिजन्सले १६ प्रतिशत लाभांशको प्रस्ताव गरेको हो ।
सञ्चालक समितको बैठकले प्रस्ताव गरेको कम्पनीको लाभांश आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप