बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नाडाको निर्वाचन मंसिर २२ र २३ गतेलाई तोकियो

शनिबार, ०९ असोज २०७८, १२ : ५५
शनिबार, ०९ असोज २०७८

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल  (नाडा) को ४५ औं साधारणसभा तथा नयाँ  नेतृत्व चयनका लागि निर्वाचनको मिति घोषण भएको छ ।  शुक्रबार सोल्टी मोडस्थित होटल सोल्टी क्राउन प्लाजामा अध्यक्ष कृष्णप्रसाद दुलालको अध्यक्षतामा बसेको एसोसिएसनको केन्द्रीय कार्यसमितिले मंसिर २२ र २३ गतेका लागि साधारणसभा र निर्वाचनको मिति तोकेको हो।

साधारणसभा र निर्वाचन सोही होटलमा नै  सम्पन्न हुने नाडाले जनाएको छ । नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई वर्षमा हुने एसोसिएसनको निर्वाचनबाट अध्यक्षसहित संस्थागत तथा साधारण गरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । यस्तै, नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एसोसिएसन समेत गठन गरिसकेको जनाएको छ ।

यसअघि भाद्र २४ र २५ गतेका लागि तोकिएको एसोसिएसनको निर्वाचन कोभिड–१९ का कारण प्रभावित हुन पुगेको थियो ।  हाल अवस्था सुधारोन्मुख रहेको अवस्थामा व्यवहारिक दसैं तिहार तथा छठ पर्वपछि साधारणसभा र निर्वाचन गर्न उपयुक्त देखिएकाले सोही बमोजिम मिति तय गरिएको अध्यक्ष दुलालले जानकारी दिए ।

नाडाको आसन्न  २४ औं निर्वाचनका लागि अध्यक्षमा व्यवसायी करण चौधरी र ध्रुव थापाले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् । यद्यपि, समझदारीमा एसोसिएसनको नेतृत्व चयनको गृहकार्य भइरहेको नाडाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप