शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चीनले क्रिप्टो करेन्सीमा प्रतिबन्ध लगाएपछि बिटक्वाइनको मूल्यमा पहिरो

शनिबार, ०९ असोज २०७८, १५ : २७
शनिबार, ०९ असोज २०७८

चीनको केन्द्रीय बैंक ‘पिपुल्स बैंक अफ चाइना’ले सबै खाले क्रिप्टो क्वाइनलाई प्रतिबन्ध लगाएपछि बिटक्वाइनको मूल्यमा पहिरो गएको छ । चीनले २४ तारिखमा सबै खाले क्रिप्टोकरेन्सी माथि प्रतिबन्ध लगाएको हो । 

यससँगै एकै दिनमा बिटक्वाइनको मूल्यमा ६ हजार डलरभन्दा बढीले गिरावट आएको छ । चीनले सन् २०१९ देखि नै क्रिप्टोकरेन्सी सम्बन्धी कारोबारलाई प्रतिबन्ध लगाउँदै आएको थियो । तर, शुक्रबार केन्द्रीय बैंकले घोषणाले अवैधरुपमा हुने सम्पूर्ण कारोबार रोकिएको छ ।

उक्त घोषणासँगै चीनबाट अन्तर्राष्ट्रिय बजारमा भुक्तानी हुने क्रिप्टोकरेन्सीमा समेत रोक लागेको छ । सबैखाले क्रिप्टोकरेन्सीका लागि चीन सबैभन्दा ठूलो बजार हो । त्यसैले त्यहाँ हुने गतिविधिले यसको मूल्यमा ठूलो असर गर्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप