बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनीका ८ जिल्लामा काँग्रेसको गाउँ- नगर अधिवेशन, तस्बिरमा हेरौं

शनिबार, ०९ असोज २०७८, १५ : ४८
शनिबार, ०९ असोज २०७८

लुम्बिनी प्रदेशका ८ जिल्लामा काँग्रेसको गाउँ नगर अधिवेशन सुरु भएको छ । प्रदेशका बाँके, कपिलवस्तु, गुल्मी र बर्दिया बाहेकका जिल्लामा गाउँ नगर अधिवेशन सुरु भएको हो । प्रदेशका ८ जिल्लामा अधिवेशन सुरु भएको र बाँकी ४ जिल्लामा विभिन्न कारणले रोकिएको काँग्रेसले जनाएको छ ।

बाँकेमा क्रियाशील सदस्यताको लिष्ट नआएपछि अधिवेशन रोकिएको हो भने गुल्मीसहित ३ जिल्लामा पार्टीभित्रको आन्तारिक विवादका कारण अधिवेशन रोकिएको हो । गुल्मीमा केहि वडामा आएको नामलिष्ट सिस्टम अपलोड गर्न बाँकी रहेकाले कार्यक्रम सम्पन्न गर्न नसकिएको जिल्ला निर्वाचन अधिकृत सतिश झाले रातोपाटीलाई बताए । कपिलवस्तुमा आन्तारिक विवादका कारण वडा अधिवेशन नसकिएका कारण  पालिका अधिवेशन हुन नसकेको हो ।

यता, बर्दियामा पनि दुई वडाको अधिवेशन गर्न नसकिएका कारण गाउँ नगरको अधिवेशन हुन नसेकेको जनाइएको छ । बर्दियाका प्रदेशसभा सदस्य भूमिश्वर चौधरीका अनुसार मधुवन र ठाकुरवावाका एक–एक वडा अधिवशेन नसकिएका कारण नगर र गाउँपालिकाको अधिवेशन ११ गतेका लागि सारिएको बताए ।

बाँकी जिल्लामा शनिबार बिहानैबाट गाउँ–नगरको अधिवेशन सुरु भएको छ । लुम्बिनीका अधिकांश गाउँ–नगरमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको प्यानल घोषणा भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप