खेलकुद

ईपीएल : रायनको विस्फोटक ब्याटिङ, काठमाडौँसँग ललितपुर पराजित

person explore access_timeअसोज ९, २०७८ chat_bubble_outline0

 

एभरेस्ट प्रिमियर लिग (ईपीएल) को पहिलो खेलमा काठमाडौँ किंग्सले ललितपुर पेट्रियट्सलाई ७ विकेटले पराजित गरेको छ । लतिलपुरले प्रस्तुत गरेको १५८ रनको लक्ष्य काठमाडौँले मात्र १४.२ ओभरमा ३ विकेटको क्षतिमा पछ्यायो ।

काठमाडौँका लागि रायन बर्लले विस्फोटक ब्याटिङ गर्दै मात्र ३४ बलमा ७३ रन बनाए । उनले यस क्रममा ३ चौका र ७ छक्का हिर्काए । त्यस्तै, ओपनर रमानुल्लाह गुबाजले ५९ रन बनाए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको ललितपुरले  निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५७ रन बनाएको थियो । ललितपुरका लागि पवन शर्राफले सर्वाधिक ६१ रन बनाए भने योगेन्द्र सिंह कार्कीले ३३ रनको योगदान दिए । काठमाडौँका लागि जितेन्द्र मुखियाले ४ विकेट लिए ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।