शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दुई महिनामा ३ खर्ब १४ अर्बको आयात, ४४ अर्बको निर्यात

शनिबार, ०९ असोज २०७८, २१ : ५४
शनिबार, ०९ असोज २०७८

चालू आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा ३ खर्ब १४ अर्ब रुपैयाँको सामान आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउन–भदौमा उक्त मूल्यको वस्तु आयात भएको हो । यो वर्षको दुई महिनामा गत आर्थिक वर्षको सोही अवधिको भन्दा ७५ प्रतिशतले बढेको देखिएको छ । गत आर्थिक वर्षको दुई महिनामा नेपालले विदेशबाट १ खर्ब ७८ अर्ब रुपैयाँको वस्तु आयात गरेको थियो ।

यसैगरी, यो अवधिमा नेपालको निर्यात ११५ प्रतिशतले सुधारिएको छ । दुई महिनाको अवधिमा नेपालले ४४ अर्ब रुपैयाँको वस्तु निकासी गरेको विभागले जानकारी दिएको छ । गत वर्षको सोही अवधिमा नेपालले २० अर्बको वस्तु निकासी गरेको थियो ।

यस अवधिमा नेपाललाई वैदेशिक व्यापारमा २ खर्ब ७० अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । यो गत वर्षको भन्दा ७० प्रतिशत बढी हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप