बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

श्रुति श्रेष्ठको नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिति चयन

शनिबार, ०९ असोज २०७८, १७ : ३९
शनिबार, ०९ असोज २०७८

नेपालका विभिन्न छापा सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरूको छाता संगठन पिजे क्लब, नेपालको एघारौँ साधारणसभाले आगामी दुई वर्षका लागि श्रुति श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्षमा श्रेष्ठसहित उपाध्यक्षमा नेपाल रिपब्लिक मिडियाका दिपेश श्रेष्ठ, महासचिवमा कान्तिपुर पब्लिकेशनका प्रकाशचन्द्र तिमिल्सेना र कोषाध्यक्षमा राजधानी दैनिकका द्वारिकाप्रसाद काफ्ले, सचिवमा नयाँ पत्रिकाका अमूल थापा निर्विरोध निर्वाचित भएका छन् ।

यसै गरी गोरखापत्रका विकास द्वारे प्रवक्तामा चयन भएका छन् भने सदस्यहरूमा कान्तिपुरका अङ्गद ढकाल, सेतोपाटी डट कमकी निशा भण्डारी, देशसञ्चार डट कमकी वर्षा शाह, दि हिमालय टाईम्सका स्कन्द गौतम, अन्नपूर्ण पोस्टका दिपेन श्रेष्ठ र स्वतन्त्र फोटो पत्रकार लक्ष्मीप्रसाद ङाखुशी निर्विरोध चयन भएका छन् । 

निर्वाचित पदाधिकारीहरूलाई शनिबारै एक समारोहका बीच निर्वाचन समितिका संयोजक एआईपिएसका कोषाध्यक्ष तथा अधिवक्ता निरञ्जन राजवंशी, वरिष्ठ फोटो पत्रकारहरू नरेन्द्र श्रेष्ठ, किरण पाण्डे, भास्वर ओझा तथा क्लबका पूर्व अध्यक्ष प्रकाश माथेमा, पूर्वकार्यवाहक अध्यक्ष केशवराज थोकरले प्रमाणपत्र प्रदान गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप