शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपालमा सक्रिय संक्रमितको संख्या २० हजारभन्दा कम

६० लाख बढीले लगाए दुवै डोज खोप
शनिबार, ०९ असोज २०७८, १७ : ४९
शनिबार, ०९ असोज २०७८

शनिबार देशभर ९ सय ५३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । १० हजार ५७९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ७९० र एन्टिजेन विधिबाट १६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

नेपालमा हाल १९ हजार ७ सय सक्रिय संक्रमित रहेका छन् । यसमध्ये १८ हजार ३४० जना होमआइसोलेसनमा, १ हजार ३६० जना संस्थागत आइसोलेसनमा ३६३ जना सघन उपचार कक्षमा तथा १०९ जना भेन्टिलेटरमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा १ हजार ३७१ जना संक्रमणमुक्त बनेका छन् । हालसम्म कूल संक्रमितमध्ये ७ लाख ५९ हजार ८७५ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९६.१ प्रतिशत रहेको छ । त्यस्तै, कोभिड–१९ को संक्रमणबाट थप ६ जनाले ज्यान गुमाएका छन् । हालसम्म ११ हजार ८७ जना संंक्रमितले ज्यान गुमाइसकेका छन् । नेपालमा मृत्यु दर १.४ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २ लाख १६ हजार ७२५ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् । हालसम्म ६५ लाख २८ हजार ३९२ जनाले खोपको पहिलो मात्रा तथा ६० लाख १४ हजार ९४१ जनाले दुवै मात्रा खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप