शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली काँग्रेस : पोखरा महानगरको निर्वाचन सम्पन्न, आजै मतगणना हुने

शनिबार, ०९ असोज २०७८, १९ : ११
शनिबार, ०९ असोज २०७८

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पोखरा महानगरका लागि भएको मतदान सम्पन्न भएको छ । पोखरा महानगरपालिकामा १ हजार ३७० मतदाता रहेकोमा १ हजार ३४४ मत खसेको निर्वाचन समितिले जनाएको छ । मतदान सम्पन्न भएकाले आज नै मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।  

पोखरा महानगर समितिको सभापतिका लागि ६ जना उम्मेदवार रहेका छन् । सभापतिको लागि अग्रज पत्रकार गंगाधर पराजुली, वर्तमान उपसभापति सुरेन्द्रमान बिजुक्छे, पोखरा ९ र ११ का वडाध्यक्ष रामराज लामिछाने र मोहन बास्तोला, युवा नेता मिलन तिवारी र ज्योति हमाल उम्मेदवार छन् ।

त्यसै गरी २ जना उपसभापतिका लागि ६ जना र २ जना सचिवका लागि ३ जनाको उम्मेदवारी रहेको छ । त्यस्तै २ जना सहसचिवको लागि ६ जनाले उम्मेदवारी दिएका छन् । नगर उपसभापतिको लागि कृष्णप्रसाद अधिकारी, निर्दोशविक्रम राणा, प्रयागराज भण्डारी, भवसागर बराल ,शिव केसी र राजेन्द्र बरालले उम्मेदवारी दिएका छन् । 

सचिवको लागि गणेशबहादुर थापा, टुबराज बास्तोला र सुरेन्द्रबाबु तिवारीले उम्मेदवारी दिएका छन् । त्यस्तै सहसचिवको लागि नरेन्द्र बास्तोला, पुष्पराज सिग्देल,रविन कायस्थ,लक्ष्मी बास्तोला,सञ्जय आले र संघर्ष कोइराला उम्मेदवार बनेका छन्  । काँग्रेसको विधान अनुसार कोषाध्यक्ष पदमा मनोनीत गर्ने व्यवस्था रहेको छ । 

कास्कीका पालिकामा समेत आजै बेलुका देखि मतगणना सुरु हुने कास्की काँग्रेसले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप