शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बागलुङमा नेकपा (एकीकृत समाजवादी) को जिल्ला कमिटी गठन

शनिबार, ०९ असोज २०७८, १९ : ३१
शनिबार, ०९ असोज २०७८

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागलुङको अध्यक्षमा लालबहादुर थापा सर्वसम्मत चयन भएका छन् । बागलुङ बजारमा आज सम्पन्न भेलाले उनको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।

कमिटीको उपाध्यक्ष केशर छन्त्याल चयन भएका छन् । महिला उपाध्यक्षको पद खाली छ । सचिवमा भरत पुरी र उपसचिवमा चक्रबहादुर थापा चयन भएको निर्वाचन समितिका संयोजक श्रीप्रसाद शर्माले जानकारी दिए । जिल्ला भेला आयोजक कमिटीको संयोजक भएका थापालाई भेलाले अध्यक्षमा निर्वाचित गरेको हो । भेलामा निर्वाचन समितिले प्रस्तुत गरेका सबै नामावली सर्वसम्मतरूपमा पारित भएका थिए ।

त्यस्तै भेलाले पार्टीका जनवर्गीय सङ्गठनमा नेतृत्व घोषणा गरेको छ । युवा सङ्घ बागलुङमा प्रदीप जिसी, पेशागत महासङ्घमा रीता राना र अखिल नेपाल महिला सङ्घ क्षेत्र नं १ मा सीता छन्त्याल थापाको नेतृत्वमा कमिटी घोषणा भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप