शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चेल्सीको अपराजित यात्रामा सिटीको पूर्णविराम

शनिबार, ०९ असोज २०७८, २० : ३८
शनिबार, ०९ असोज २०७८

प्रिमियर लिगको नयाँ सिजनमा चेल्सीको अपराजित यात्रामा म्यान्चेस्टर सिटीले पूर्णविराम लगाएको छ । स्टामफोर्ड ब्रिजमा सिटीले चेल्सीलाई १–० गोलले हराएको हो ।

प्रिमियर लिगका दुई दाबेदारबीचको खेलमा साबिक विजेता सिटी चेल्सीमाथि हाबी देखिएको थियो । खेलको ५३ औँ मिनेटमा ग्याब्रियल जिसुसले खेलको निर्णायक गोल गरे । जिसुसले दोस्रो गोल पनि थप्न लागेका थिए । तर, उनको प्रहारलाई थियागो सिल्भाले लाइनबाट क्लियर गरेका थिए । चेल्सीका गोलकिपर मेन्डीले ग्याक ग्रिलिसको दुईवटा प्रहार पनि बचाऊ गरेका थिए ।

सिटीले अब च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेनको सामना गर्नेछ भने अर्को आइतबार एनफिल्डमा लिभरपुलको सामना गर्नेछ । ६ खेलपछि सिटी र चेल्सीको समान १३ अंक रहेको छ । तर, गोल अन्तरको आधारमा सिटी दोस्रो र चेल्सी तेस्रो स्थानमा रहेको छ ।

स्टामफोर्डमा हासिल गरेको जीतसँगै पेप ग्वार्डिओला सिटीको इतिहासमा जीतको आधारमा सबैभन्दा सफल म्यानेजर बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप