ब्रुनो पेनाल्टीमा चुक्दा युनाइटेड पराजित
ब्रुनो फर्नान्डेजले इन्जुरी समयमा पेनाल्टी मिस गर्दा म्यान्चेस्टर युनाइटेड आफ्नै घरेलु मैदानमा एस्टन भिल्लासँग पराजित भएको छ । ओल्ड ट्राफोडमा भिल्लाले १२ वर्षपछि कुनै खेल जितेको हो ।
कोर्टने हाउसेले खेल सकिन दुई मिनेट बाँकी छँदा भिल्लालाई अग्रता दिलाएका थिए । तर, उनले आफ्नो बक्समा ह्यान्डबल गरेपछि युनाइटेडले लाइफलाइन पाएको थियो । तर, फर्नान्डेजको प्रहार बारभन्दा माथि गएको थियो । योसँगै युनाइटेडको यो सिजन प्रिमियर लिगमा अपराजित यात्रामा पूर्णविराम लागेको छ ।
काराबाओ कपमा वेस्ट ह्यामसँग पराजित हुँदै बाहिरिएको युनाइटेडले आफ्नो घरेलु मैदानमा लगातार दुई खेलमा गोल गर्नबाट चुकेको छ । युनाइटेडले विपक्षीको पोष्टमा २८ वटा प्रहार गरे पनि गोल गर्न सकेन । क्रिस्टियानो रोनाल्डो युनाइटेड फर्किएपछि गोल गर्न चुकेको यो पहिलो अवसर हो । ६ खेलबाट १३ अंकसहित युनाइटेड लिगको चौथो स्थानमा सिमित रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय प्रधानमन्त्री मोदी र राहुलको भाषणमाथि निर्वाचन आयोगको नोटिस
-
कतारी राजालाई काठमाडौँ बाहिर घुमाउने योजना सम्भव भएन : राजदूत ढकाल
-
रुसको कदमले अमेरिका आक्रोशित
-
इरानी र्यापर सालेहीलाई मृत्युदण्डको सजाय सुनाइयो
-
आईपीएलको अवैध प्रसारण: प्रहरीले अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका लागि बोलायो
-
अख्तियारद्वारा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर