बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चीनको नयाँ खोप ६७ प्रतिशत प्रभावकारी

शनिबार, ०९ असोज २०७८, २१ : २७
शनिबार, ०९ असोज २०७८

कोरोनाभाइरस विरुद्ध चीनले उत्पादन गरेको नयाँ खोप ६७ प्रतिशत प्रभावकारी भएको पुष्टि गरिएको छ । चीनको क्लोभर बायोफर्मास्युटिकलले उत्पादन गरेको खोप प्रभावकारी रहेको परीक्षणबाट पुष्टि भएको हो ।
कोरोनाकै डेल्टा भेरियन्टका विरुद्धमा भने ७९ प्रतिशत प्रभावकारी देखिएको अधिकारीले जानकारी दिएका छन् । 

सो खोप उत्पादक कम्पनीले आफ्नो अध्ययन प्रतिवेदन विश्व स्वास्थ्य सङ्गठनलाई बुझाउने तयारी गरेको छ । प्रतिवेदनसँगै कम्पनीले खोप प्रयोगका लागि अनुमति दिन पनि माग गर्ने भएको छ ।  खोप उत्पादक कम्पनी क्लोभरको आधिकारीक वेभसाइटमा ३० हजारभन्दा बढी बयस्कमा खोपको परीक्षण गरिएको उल्लेख छ । 

परीक्षणमा फिलिपिन्स, ब्राजिल, कोलम्बिया, दक्षिण अफ्रिका र बेल्जियम गरी पाँच देशका ३१ क्षेत्रका नागरिक सहभागी भएको जनाइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप