शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मोदीले दिए बाइडेनलाई भारत भ्रमणको निम्तो

शनिबार, ०९ असोज २०७८, २१ : ३५
शनिबार, ०९ असोज २०७८

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई भारत भ्रमणका लागि निमन्त्रणा गरेका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री मोदीले बाइडेनलाई निमन्त्रणा गरेका हुन् ।

गत जनवरी २० मा राष्ट्रपतिको पद सम्हालेपछि उनीहरुका बीचमा पहिलो पटक भौतिक रुपमा भेटवार्ता भएको जनाइएको छ ।  संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका आएका बेला उनीहरुका बीचमा भेटवार्ता भएको हो ।  

प्रधानमन्त्री मोदीको प्रस्तावलाई राष्ट्रपति बाइडेनले सकारात्मक रुपमा लिएको भारतको विदेश मामिला मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । उनीहरुका बीचमा पूर्वनिर्धारित तालिकाअनुसार नै भेटवार्ता भएको र भेटवार्ता उपलव्धीमुलक भएको मन्त्रालयले जनाएको छ । 

‘प्रधानमन्त्री मोदीले राष्ट्रपति बाइडेनलाई भारत भ्रमणको निमन्त्रणा दिनुभएको छ, त्यसलाई राष्ट्रपति बाइडेनले सकारात्मक रुपमा लिँदै धन्यवाद दिनुभएको छ’ वक्तव्यमा लेखिएको छ ।  भारतीय विदेश सचिव हर्षवर्धन श्रीङ्गलाले भेटवार्तामा उनीहरुले साझा चासो, दुई पक्षीय हित, आपसी सहकार्य तथा सम्बन्धलाई अझ बलियो बनाउने लगायतका विषयमा कुराकानी भएको जानकारी दिए ।

प्रधानमन्त्री मोदी र राष्ट्रपति बाइडेनबीच कट्टरपन्थीलाई रोक्ने र आतङ्कवादसँग लड्ने उपायबारे छलफल भएको जनाइएको छ ।  उनीहरुबीच रक्षा, व्यापारिक सम्बन्ध, सुरक्षा सहयोग र स्वच्छ ऊर्जा साझेदारीलाई थप गर्ने बारेमा पनि छलफल भएको उनले बताए ।

प्रधानमन्त्री मोदी र बाइडेनबीच अफगानिस्तानको हालको घटनाक्रमपछिको वर्तमान र क्षेत्रीय सुरक्षा स्थितिबारे पनि छलफल भएको बताइएको छ ।  उनले न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७६ औंँ महासभालाई शनिबार सम्वोधन गरेका छन् ।

तीन दिने अमेरिका भ्रमणका क्रममा उनले अन्य देशका शिर्ष नेतासँग पनि भेटवार्ता गर्ने विदेश मन्त्रालयले जनाएको छ ।  प्रधानमन्त्री मोदीले सेप्टेम्बर २२–२५को अमेरिका भ्रमणको क्रममा व्यापारिक अन्तरक्रिया पनि गर्ने अधिकारीले जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप