मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस अधिवेशन : बुटवल उपमहानगरको सभापतिमा पौडेल पक्षका पाण्डे विजयी

आइतबार, १० असोज २०७८, ०७ : ४६
आइतबार, १० असोज २०७८

बुटवल । नेपाली काँग्रेस बुटवल उपमहानगरपालिकाको सभापतिमा खेलराज पाण्डे विजयी भएका छन् । उनले ४१२ मत ल्याएर विजयी भएका हुन् । यस्तै अर्को प्रतिस्पर्धी रिता केसीले भने १२४ मत ल्याएकी छन् । पाण्डे रामचन्द्र पौडेल निकट हुन् ।

यस्तै अन्य पदाधिकारीहरु पनि पाण्डे प्यालनकाबाट निर्वाचित भएका छन् । उपसभापति ज्योति भण्डारी  र हितमान पुन  विजयी भएका छन् । उनीहरुले नर बहादुर रजाली र हरिलाल सुनारलाई पराजीत गरेका  हुन् । सचिवमा गंगा पन्थी  र छाया पोखरेल तथा सहसचिवमा देवलाल अर्गली  र गणेश घिमिरे विजयी भएका छन् ।

पाण्डे यो सँगै लगातर तेस्रो कार्यकार्य सभापति पदमा विजयी भएका हुन् । 

यस्तै नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा देवदह नगरपालिकाको सभापतिमा गुणाखर भुर्तेल १०३ मतसहित विजयी बनेका छन् । उनी रामचन्द्र पौडेल पक्षका हुन्।

उनले झबिन्द्र पाण्डेलाई ३ मतले हराएका हुन् । पाण्डेको १ सय मत थियो । यस्तै उपसभापतिमा पौडेल पक्षका प्रमोद यादव ११७ र देउवा पक्षका अमर लामिछाने १०२ मतसहित बिजयी बनेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप