शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भिल्लारियल र रियल म्याड्रिडबीच बराबरी

आइतबार, १० असोज २०७८, ०८ : ५८
आइतबार, १० असोज २०७८

रियल म्याड्रिडले घरेलु मैदानमै भिल्लरियलसँग गोलरहित बराबरी खेलेको छ । निकै संयोजित भएर खेलेको भिल्लरियलले घरेलु टोली रियललाई खेल अवधिभर दबाबमा राखेको थियो । 

रियल प्रशिक्षक कार्लो एन्सिलोट्टीले सुरुवाती एघारमा केही परिवर्तन गरेपनि रियलले अपेक्षित नतिजा निकाल्न सकेन । यसअघि (पछिल्ला पाँचमध्ये रियलले चार खेल जितेको थियो । 

बराबरीका बाबजुद रियल ७ खेलबाट ७ अंक बटुल्दै शीर्ष स्थानमा कायम छ । दोस्रो स्थानको सेभिया पनि लिगमा अपराजित छ । ६ खेलबाट उसले १४ अंक बटुलेको छ । तेस्रो स्थानको एथलेटिको म्याड्रिडको पनि १४ अंक नै छ । तर उसले ७ खेल खेलिसकेको छ ।

रियल सोसिडाड ६ खेलबाट १३ अंक बटुल्दै चौथो स्थानमा छ । बराबरीपछि भ्यालेन्सिया पाँचौ स्थानमै कायम छ । उसले ७ खेलबाट ११ अंक बटुलेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप