मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

जर्मनीमा आज निर्वाचन, १६ वर्षपछि नयाँ नेतृत्व आउने

आइतबार, १० असोज २०७८, ०९ : ०८
आइतबार, १० असोज २०७८

जर्मनीमा आइतबार सर्वसाधारणहरूले संघीय निर्वाचनमा मतदान गर्दैछन् । पछिल्लो १६ वर्षमा पहिलोपटक जर्मन चान्सेलर एन्जेला मर्केल उम्मेदवार बनेकी छैनन् । 

त्यसैले कुन पार्टी जित्छ र को चान्सेलर बन्नेछ भनेर अनुमान लगाउन मुस्किल छ । कुनै पार्टीले स्पष्ट बहुमत ल्याउँछ वा गठबन्धन सरकार बन्छ भनेर विषयमा पनि उत्तिकै कौतुहलता छ । निर्वाचनअघि गरिएको सर्वेक्षणले सोशल डेमोक्रेटिक पार्टी (एसपिडी) र कन्जरभेटिभ क्रिष्ट्रियन डेमोक्रेटिक युनियन (सिडीयु) बीच कडा प्रतिस्पर्धा हुने देखाएको छ । 

जलवायु परिवर्तनको मुद्दा यसपटकको निर्वाचनमा पेचिलो रुपमा उठेको छ । त्यसैगरी सामाजिक खर्च र न्युनतम तलब बढाउने विषय, जर्मनीको डिजिटल पूर्वाधारलाई बलियो बनाउने विषय र नाटो गठबन्धनमा जर्मनीको भूमिकालगायत विषयहरु पनि उम्मेदवारले अघि सारेका छन् । 

स्थानीय समयअनुसार आइतबार ६ बजे मतदान सकिनेछ ।  निर्वाचनको नतिजा आउने क्रम भने रातभर चल्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप