शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यूएनमा भारतकी स्नेहालाई जवाफ दिन आइन् पाकिस्तानकी सायमा, आरोप प्रत्यारोप सुरु

आइतबार, १० असोज २०७८, १० : १७
आइतबार, १० असोज २०७८

संयुक्त राष्ट्रकी ७६ औं आमसभामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सम्बोधनपश्चात् भारत र पाकिस्तानबीच आरोप–प्रत्यारोपको सिलसिला सुरु भइसकेको छ । शनिबार इमरान खानले भारतमाथि तिखो हमला गरेका थिए । यसको जवाफमा संयुक्त राष्ट्रमा भारतकी पहिलो सेक्रेटरी स्नेहा दुबेले पाकिस्तानमाथि आतंकवादलाई प्रायोजित गरेको आरोप लगाएकी थिइन् ।

उनले ‘राइट टु रिप्लाई’ अन्तर्गत भारतको तर्फबाट जवाफ दिँदै पाकिस्तानलाई एउटा यस्तो देशको रुपमा चित्रित गरेकी थिइन् जसले आफैं आगो लगाउँछ छ आफूलाई आगो निभाउनेको रुपमा प्रस्तुत गर्छ । उनले कश्मिरलाई भारतको आन्तरिक मामिला बताएकी थिइन् ।

अब एकपटक पुनः पाकिस्तानले भारतलाई जवाफ फर्काएको छ । स्नेहाको जवाफमा पाकिस्तानकी सायमा सलिमले संयुक्त राष्ट्रमा कश्मिर भारतको आन्तरिक मामिला नभएको बताएकी छिन् ।​ सायमा सलिमले भनिन्, ‘भारतले अन्तरराष्ट्रिय स्तरमा मान्यता प्राप्त एक विवादित क्षेत्रमा कब्जा गरिरहेको छ जसको अन्तिम निर्णय संयुक्त राष्ट्रको निगरानीमा एक स्वतन्त्र र निष्पक्ष जनमत संग्रहको लोकतान्त्रिक सिद्धान्तका अनुसार निश्चित गरिनुपर्छ ।’

उनले भारतले पाकिस्तानमाथि निराधार आरोप लगाइरहेको र कश्मिरमा मानवाधिकारको उल्लंघनबाट ध्यान हटाउनका लागि झुटको सहारा लिइरहेको बताइन् । उनले भनिन्, ‘पाकिस्तानका लागि भारतको व्यवहार न त नयाँ हो न नै आश्चर्यचकित गर्ने खालको । तर आरएसएस–बिजेपी र हिन्दुत्वबाट प्रेरित सरकारका लागि यो चुनावी र विदेश नीति अन्तर्गत पर्छ ।’

उनी थप्छिन्, ‘ईयू डिसइन्फो ल्याबले बताएको थियो कि भारतले पाकिस्तानविरुद्ध कसरी धोका र दुष्प्रचारको तरिका प्रयोग गरेको छ ।’

उनका अनुसार कश्मिरमा भारतको मानवाधिकारको उल्लंघनको विषयलाई संयुक्त राष्ट्रका मानवाधिकारका उच्चायुक्तले पनि आफ्ना दुई रिपोर्ट उल्लेख गरेका थिए ।

‘पाँच अगस्ट, २०१९ देखि उच्चायुक्तले भारत प्रशासित जम्मू–कश्मीरमा लागू लकडाउनलाई अनलक गर्न र जनताको नागरिक अधिकारलाई पूर्ण रुपमा बहाल गर्न आग्रह गरे ।’

सायमाले भनिन्, ‘ह्यूमन राइट्स वाच र एमनेस्टी इन्टरनेशनलसहित प्रमुख मानवाधिकार संगठनले भारतको मानवाधिकार उल्लङ्घनबारे यसै प्रकारको चिन्ता व्यक्त गरेको छ ।’

सायमा सलिमले भारतले यीमध्ये कसैलाई पनि जवाफ दिन असफल रहेको आरोप लगाइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप