बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो

आइतबार, १० असोज २०७८, १० : ५३
आइतबार, १० असोज २०७८

आज आइतबार नेपालको स्थानीय बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज गत साताको शुक्रबारकै मूल्यमा सुनको कारोबार हुने भएको हो । जसअनुसार, महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ तोकेको छ । यस्तै, तेजाबी सुनको मूल्य ८८ हजार ५०० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ ।

गत साताको शुक्रबार पनि छापावाल र तेजाबी सुनको मूल्य यही कायम थियो । आज सुनको मूल्य स्थिर भएपनि चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको महासंघले बताएको छ । गत साताको शुक्रबार प्रतितोला ११ सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य आज ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप