सकियो करिश्माको प्लस टु परीक्षा, गरिन् ब्याचलरमा भेट्ने बाचा

person explore access_timeअसोज १०, २०७८ chat_bubble_outline0

अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ को परीक्षा सकाएकी छन् । हालै उनले कक्षा १२ को परीक्षा हुन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै कक्षा १२ को परीक्षा सकिएको जानकारी दिएकी छन् । प्लस टु पछि करिश्माले अध्ययन अगाडि बढाउलिन् त ? । धेरैमा उब्जिएको प्रश्न हो यो । जसको जवाफ समेत उनले सामाजिक सञ्जालमा कक्षा १२ लाई ‘गुड बाइ’ भन्दै ब्याचलरमा भेट्ने बाचा गर्दै गरेकी छन् ।

करिश्मा सबै व्यवसायिक काम छोडेर गत भदौको अन्तिम साताबाट कक्षा १२ को परीक्षामा होमिएकी थिइन् । नेपाली फिल्म क्षेत्रमा सदावहार सुन्दरीको परिचय बनाएकी उनको परीक्षा केन्द्र किटनी कलेज गोदावरी रहेको थियो । अभिनय, व्यवसायलगायत बिभिन्न काममा ब्यस्त उनले अब परीक्षाको कारण रोकिएका कामहरु अगाडि बढाउनेछिन् । अभिनयको अलवा समाजसेवामा समेत सक्रिय उनले केही अगाडि भने आफुलाई राजनीतिबाट अलग बनाएकी छन् ।

फिल्म ‘सन्तान’ बाट अभिनयमा डेब्यु गरेकी उनी सो समय ८ कक्षामा पढ्दै थिइन् । त्यतिबेला उनको उमेर १४ वर्षको थियो । परिवारको आर्थिक अवस्थाका कारण सो समय उनले पढाई छाडेर अभिनय रोजेकी थिइन् ।  अभिनय सँगसँगै राजनीतिलाई अगाडि बढाउन तत्कालीन डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा प्रवेश गरेकी उनलाई आफ्नै पार्टीको एक व्यक्तिले अनपढ भनेपछि उनको मनमा पढ्ने इच्छा जाग्रित भएको थियो ।

त्यसपछि कक्षा ८ मा भर्ना भएर उनले अध्ययन अगाडि बढाएकी हुन् । उनको अध्ययनको उद्देश्य आफ्नो नामको अगाडि डाक्टर लेखाउनु रहेको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।