रौतहटमा पाकिस्तानी कलाकार तैजीब हाफीको प्रस्तुति (तस्बिरहरु)
रौतहटमा पाकिस्तानी कलाकार तैजीब हाफीको ‘मुसायरा’ कार्यक्रम सफतापूर्वक सम्पन्न भएको छ । कटहरियामा शनिबार राति ८ बजेदेखि आइतबार बिहान ३ बजेसम्म आयोजित सो कार्यक्रममा हजारौं दर्शक उपस्थित थिए । युट्युबमा ७६ लाख फलोअर्स रहेका पाकिस्तानी कलाकार हाफीले भारतमा यस्तो कार्यक्रम नगर्ने भएकाले भारतमा रहेका उनका प्रशंसकसमेत सो कार्यक्रम हेर्न रौतहट आएका थिए । भारतको राजस्थानका सुखप्रित सिंहले आफूसहित सातजना हाफीको कार्यक्रम हेर्न राजस्थानदेखि आएको बताए ।
कार्यक्रममा हाफीका साथै भारत र नेपालका एक दर्जनभन्दा बढी चर्चित कलाकारले आ–आफ्नो प्रस्तुति राखेका थिए ।कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री प्रभु साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुश्वाहाले पाकिस्तानी कलाकार तैजीब हाफी, भारत उत्तर प्रदेशबाट आएकी चांदनी सबनम लगायत कार्यक्रममा सहभागी कलाकारलाई कदरपत्रबाट सम्मानित गरेका थिए ।
कार्यक्रममा अवसरमा पूर्व प्रदेश सांसद कुन्दन कुश्वाहा, मौलापुर नगर प्रमुख रिना कुमारी साह, देवाही गोनाहिकी उपमेयर परनिया देवी लगायतको उपस्थिति थियो ।रौतहटमा मुस्लिमको जनसंख्या उल्लेख्य रहेकाले ईस्लाम धर्मावलम्बीहरुको पहिचान तथा अधिकारका लागि नगरपालिकाले अन्तर्राष्ट्रिय मुसायरा कार्यक्रम आयोजना गरेको कटहरियाका मेयर कुश्वाहाले बताए ।
मुसायरा कार्यक्रममा नेपालबाट फैयाज फैजी, भारतबाट अजम साकरी, मिसन गोपालपुरी, मुजाहिद हसनैन हबिबी, साईस्ता साना, चाँदनी सबनम, गुले सब्बा, पाकिस्तानबाट तैजीब हाफी र क्यानाडाका प्रख्यात कवि तथा सायरहरुको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुशासन समितिको बैठक बस्दै, फास्ट ट्र्याकका बारेमा छलफल हुने
-
सुदूरपश्चिम सरकारलाई आफ्नो समर्थन नरहेको नाउपा सांसद थापाको घोषणा
-
युरोपा लिग : लिभरपुलमाथि ३–१ गोल अन्तरको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा
-
आईपीएलमा मुम्बईको तेस्रो जित, पन्जाब ९ रनले पराजित
-
ड्यालसमा नवाह महायज्ञ सम्पन्न, मन्दिर निर्माणको लागि ३३ लाख डलर सहयोगको प्रतिबद्धता
-
भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा