बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य मन्त्रालयले थाल्यो १२ औँ तहमा बढुवा प्रक्रिया

आइतबार, १० असोज २०७८, ११ : ५६
आइतबार, १० असोज २०७८

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवातर्फ अधिकृत १२ औं तहमा बढुवाका लागि सूचना जारी गरेको छ । आइतबार सूचना जारी गर्दै रिक्त रहेका तीन जना बाह्रौ तह अधिकृतमा बढुवाका मन्त्रालयले ११ औँ तहका अधिकृतहरुको विवरण मागेको हो । 

२०७८ असार मसान्तसम्म न्यूनतम पाँच वर्ष सेवा अवधि पूरा भएका एघारौं तहका अधिकृत कर्मचारीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेवसाइटमा रहेको बढुवासम्बन्धी व्यक्तिगत विवरण १५ दिनभित्र पेश गर्न सूचनामार्फत आह्वान गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप