बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कुटेर पत्नीको हत्या गरेको आरोपमा एक युवक पक्राउ

आइतबार, १० असोज २०७८, ११ : ५९
आइतबार, १० असोज २०७८

कुटेर पत्नीको हत्या गरेको आरोपमा प्रहरीले बाँकेको कोहलपुरबाट एकजना युवालाई पक्राउ गरेको छ ।

कोहलपुर नगरपालिका–३ भगरिया घर भएका ३४ वर्षीय प्रकाश न्यौपानेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रविन्द्र खनालले रातोपाटीलाई बताए ।

असोज ८ मा प्रकाशले पत्नी लक्ष्मीरुपा न्यौपानेलाई कुटेर नालामा धकेलेका थिए । कुटपिटबाट गम्भीर घाइते भएकी ३५ वर्षीया लक्ष्मी रुपाको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा ज्यान गएको थियो । पत्नी हत्यामा संलग्न प्रकाशलाई कर्तव्य ज्यान मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी खनालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप